नियम २१
नियुक्ति गर्ने अधिकारी
(१) देहायका प्रहरी कर्मचारीको बढुवा नियुक्ति गर्ने अधिकार देहाय बमोजिमका अधिकारीलाई हुनेछ ः-
(क) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकको पदमा – नेपाल सरकार
(ख) प्रहरी नायब निरीक्षकदेखि प्रहरी उपरीक्षकको पदमा – प्रमुख
(२) उपनियम (१) बमोजिम नियुक्ति गर्दा बढुवा समितिले गरेको सिफारिसको आधारमा सिफारिस प्राप्त भएको मितिले एक्काईस दिनभित्र बढुवा नियुक्ति दिनु पर्नेछ ।